Sri Dev Bhattarai 1

काठमाडौ। नेपाली चलचित्र उद्योगमा लामो समय देखि संघर्षशील अभिनेता श्रीदेव भट्टराई अभिनित चलचित्र विरानो माया यही बैशाख ३१ गतेवाट अलनेपाल रिलिज हुने भएको छ। सानोमा लाएको मायाको कथा बोकेको चलचित्र विरानो मायामा अभिनेता भट्टराईको नायिकाको रुपमा अभिनेत्री नम्रता सापकोटाले अभिनय गरेकी छन्।

सानोमा यी दुई अभिनेता र अभिनेत्रीको माया बसेको हुन्छ। वीचमा दुवैको विछोड हुन्छ। तन्नेरीमा दुवैको भेट हुंदा नायिकाको विवाह भैसकेको हुन्छ। त्यसपछिका घटनाक्रमलाई समेटिएको चलचित्र विरानो मायाले माया गर्नेहरुको चलचित्र भन्न अभिनेता भट्टराई रुचाउंछन्। माधव खरेलको निर्देशन रहेको चलचित्र विरानो मायाको निर्माण सावित्री अधिकारी र मिलन लामाले गरेका छन्।

Birano Maya

विरानो मायाका जल्दाबल्दा आशलाग्दा अभिनेता भट्टराईले न्यूजेनेरेशन, सुकुलगुण्डा, छल, चाल, देव–देवकी लगायतका चलचित्रमा अभिनय गरिसकेका छन्। केही बर्ष बलिउडको मुम्वईमा बसेर पनि त्यहाँ अभिनयको प्रशिक्षण लिएर उनी नेपाली चलचित्रमा लागेका हुन।

Birano MayaSri Dev Bhattarai in Make upप्रकाशन मिति–२०७३ साल बैशाख १५ गते बुधवार ।