काठमाडौ। बलिउड नायिका श्रीदेवीको शव पोस्टमार्टमपछि मृत्यु हृदयाघातले नभइ बाथटबमा डुबेर भएको सनसनी खुलासा भएको छ।

दुबई अस्पतालमा श्रीदेवीको शवको पोष्टमार्टम रिपोर्टवाट उक्त कुराको खुलासा भएको हो। दुबई प्रहरीका अनुसार श्रीदेवीको मृत्यु बाथटबको पानीमा डुबेर भएको हो।

यसोभएतापनि हत्या भने नभएको दुबई प्रहरीले स्पष्ट पारेको छ । श्रीदेवीको रगतमा अल्कोहलको मात्रा समेत देखिएको जनाइएको छ ।

शनिबार राति श्रीदेवीको युएईमा भतिजाको विवाहमा सहभागी हुनेक्रममा मृत्यु भएको थियो।
प्रकाशन मिति–२०७४ साल फागुन १४ गते सोमवार ।