anautho-sansar-husband-gulamकाठमाडौ । प्राय देशमा श्रीमतीले श्रीमानको सेवा गर्नुपर्ने तथा श्रीमानको गुलाम बन्नुपर्ने बाँध्यता रहेको छ। तर, सन् १९९६ सालवाट चेक रिपब्लिकवाट बनेको अदर वल्र्ड किंगडम नामक देशमा भने श्रीमान श्रीमतीको गुलाम बन्नुपर्ने बाँध्यता रहेको छ।

रानीको शासन रहेको यो देशमा महिलालाई एक नंबरको नागरिकको दर्जा दिइने गरेको छ। पुरुषहरुलाई केवल महिलाका दासका रुपमा लिइने गरेको छ। अन्य देशवाट आएका पुरुषहरुले यो देशका रानीका लागि बस्ने सोफा निर्माण गर्ने कार्य गर्नुपर्दछ।

कुनैपनि पुरुषले रक्सी पिउनुअघि आफ्नी मालिक्नीको पाउमा रक्सी चढाएर मात्र रक्सी पिउन पाउंछन्। महिलाको अनुमति विना यो देशमा कुनैपनि पुरुषले कुनै काम गर्न पाउंदैनन्।
(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।