काठमाडौं। वैदिक हिन्दू सनातन धर्मको संरक्षण तथा प्रचारप्रसार व्यापक रुपमा हुने भएको छ। त्यसको लागि काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृत पुस ७ गते देखि ११ गते सम्म व्यापक रुपमा कथावाचन हुने भएको हो।

अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले आयोजना गर्न लागेको उक्त पाँच दिने श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको कलशयात्रा पुस ७ गते बिहान ०८ बजे बसन्तपुर स्थित सानो पशुपतिनाथ मन्दिरबाट शुरु भई मख्खन गल्ली, भोटाहिटी, कमलादी हुँदै अग्रवाल भवनमा पुगेर समापन हुने भएको छ।

त्यसैगरेर, दिउँसो ०३ बजेदेखि साँझ ०६ बजेसम्म विश्व प्रख्यात भागवत वाचक श्रद्देय लाल गोविन्द प्रभुजीद्वारा कथा वाचन पाँच दिनसम्म हुने आयोजकले भनेको छ।
प्रकाशन मिति–२०७६ साल पुस ६ गते आइतवार ।