Pyakurel & Dhakalकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा शुक्रबार श्रीलंका र ओमानको राजदूतमा क्रमशःप्राध्यापक डा.विश्वम्भर प्याकुरेल र शर्मिला पराजुली ढकाललाई नियुक्त गरेकी छन्।

प्याकुरेल लामो समयदेखि प्राध्यापन क्षेत्रमा सक्रिय अर्थशास्त्री हुन्। ढकाल म्यानपावर क्षेत्रमा प्रत्यक्षरअप्रत्यक्ष रूपमा काम गर्दै आएकी व्यक्ति हुन्।

सरकारले सिफारिस गरेका १२ मध्ये पाँच जना राजदूत नियुक्त भइसकेका छन्। अन्यको अग्रिमो आउने क्रममा रहेकाले नियुक्ति हुन बाँकी छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १५ गते शुक्रबार ।