sankhuwasabha_district

काठमाडौ। पूर्वी नेपालको संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन्।

मामलिङ, आँखीभुइ र तामाफोक गाविसका लागि प्रस्तावित केन्द्र धर्मदेवी नगरपालिकाको विषयमा विवाद भएपछि प्रहरी र स्थानीयबीच बुधबार दिउँसो मामलिङमा भडप भएको हो। मालिङका स्थानीयले सोही स्थानको याख्याचोकलाई कन्द्र राख्नुपर्ने माग गर्दै आन्दोलन गरेको हुन्।

झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै ९ राउन्ड हवाई फायरिङ गरेको थियो भने प्रहरीले ४ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो। आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी जवान लक्षण बस्नेत घाइते भएका छन्। लाठीचार्जबाट नारायण लिंखा, सीताराम भण्डारी, यदुनाथ नेपाल, सुभाष पौडेल, किरण राईलगायत १५ जना घाइते भएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशन मिति–२०७३ साल मंसीर १ गते बुधवार ।