काठमाडौं। नेपाली तथा नेपाभाषा संगीतका उज्ज्वल नक्षत्र अग्रज संगीतकर्मी अमरराज शर्माको भव्य सम्मान भएको छ। विहीवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोह वीच संगीतज्ञ अमरराज शर्माको सम्मान भएको हो।

बरिष्ठ संगीत स्रष्टा अमरराज शर्मा सम्मान समारोहव्दारा आयोजित कार्यक्रममा संगीतकर्मी शर्मा नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको हातवाट सम्मानित बनेका छन्। साथमा संगीतकर्मी शर्मालाई महर्जन कम्पलेक्सका कार्यकारी प्रमुख कृष्णलाल महर्जन कम्पलेक्सको तर्फवाट नगद २ लाख ५० हजार प्रदान गरेर थप सम्मान गरिएको थियो।

त्यसको अलावा अर्का ख्यातिप्राप्त संगीतका गुरु धनवहादुर गोपाली मार्फत संकलन भएको नगद १ लाख १५ हजारवाट पनि संगीतज्ञ शर्मालाई सम्मानित गरिएको थियो।

नेपाली र नेपालभाषाको संगीतको क्षेत्रमा अनवरत लागिरहेका संगीतका महान तपस्वी शर्मालाई यसरी भव्य रुपमा सम्मान गरेको पाउंदा आफूलाई अत्यन्त गौरब लागेको प्रतिक्रिया कामना कला केन्द्रका संस्थापक निर्देशक तथा ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठको रहेको छ।

Dance Director: Mr Bhuwan Shrestha.

नृत्य निर्देशक श्रेष्ठले यो सम्मान कार्यक्रम अभूतपूर्व भव्य नै भएको भिजन संसार डटकमलाई बताएका छन्।

सम्मान कार्यक्रमको कार्यक्रम संयोजन सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायवाट भएको थियो।

कार्यक्रम संचालन मल्टीट्यालेन्टेट संचरकर्मी सुरजवीर बज्राचार्य र मिनर्वा शर्मा राजोपाध्यावाट भएको थियो। सम्मान सांझ कार्यक्रममा सम्मानित अग्रज स्रष्टा अमरराज शर्माले आफ्ना कालजयी गीत प्रस्तुत गरेका थिए।

शर्माकै संगीतमा सानुवावु महर्जन, सुरजवीर बज्राचार्य, दीपा महर्जन लगायतका स्रष्टाहरुले पनि सांगीतिक प्रस्तुति बेजोड रुपमा प्रस्तुत गरेका थिए।

प्रकाशन मिति–२०७५ साल पुस २६ गते विहीवार ।