काठमाडौं। कतिपय मानिसमा बढ्दो प्रविधिसंगै संझना शक्ति गुम्न थालेको छ। अहिलेको अहिले नै विर्सने प्रवृति आम मानिसहरुमा देखा पर्न थालेको छ। त्यो हुनु निश्चित रुपमा पनि राम्रो होइन्। संझना शक्तिलाई ताजा बनाउने कार्य गर्न कुनै गाह्रो कुरा होइन। आत्मशक्ति नै हो। त्यसलाई बलियो बनाउन सकेमा अवश्य पनि गुमेको संझना शक्तिलाई फर्काउन सकिने भएको छ। निम्न आठ तरीका अपनाएमा गुमेको र गुम्दैगएको संझना शक्ति फिर्ता ल्याउन सकिन्छ–

१.व्यायाम
व्यायाम गर्नुले हाम्रो मस्तिष्कलाई स्वास्थ्य राख्छ । व्यायाम गर्नाले दिमागको क्षमता पनि बढ्छ । व्यायाम गर्दा दिमागका कोशिकाबीच आपसी सम्पर्क झन् राम्रो हुँदै जान्छ । नयाँ कोशिकाको निर्माण पनि हुन्छ । कार्डियो एक्सरसाइज गर्नाले हामीले झन् धेरै अक्सिजन लिन्छौँ । अझ यस्तो व्यायाम बाहिर गर्ने हो भने सूर्यको प्रकाशमा हामीलाई भिटामिन डी पनि मिल्छ। यसले हामीमा परिवर्तन ल्याउँछ । अरु कोहीलाई कुनै आइडिया बाँड्दै गर्दा पनि हामीलाई यस्तो महसुस हुन सक्छ ।

२.गतिसहित याद गर्नुहोस्
यो टेक्निक विशेष गरि कलाकारहरु प्रयोग गर्छन् । कुनै पनि चलिचत्रमा गितसहित उनीहरु आफूले बोल्नु पर्ने डायलग सम्झन्छन् । यदि कुनै पनि कुराको गतिसहित केही कुरा याद गर्ने हो भने त्यो सम्झनामा रहने सम्भावना अत्यन्त बढी हुन्छ। यदि तपाईंले कुनै प्रिजेन्टेसन दिनु पर्ने छ भने या भाषण गर्नु छ भने त्यो कुरालाई यसो हिँड्दै वा नाच्दै सम्झने प्रयास गर्नुभयो भने त्यसले तपाईंको सम्झना शक्तिमा व्यापक परिवर्तन ल्याइहाल्छ ।

३.सन्तुलित भोजन
हामीले खाने खानामा पाइने सुगर लेभलको २० प्रतिशत भाग सिधै दिमागमा जान्छ । त्यसैले हामीले कति सुगर खान्छौँ भन्ने कुराले हाम्रो दिमागलाई असर पार्छ । यदि हाम्रो सुगर लेभल नियन्त्रित छैन भने त्यसले हाम्रो दिमागलाई सिधा असर पार्छ। अनि हाम्रो दिमाग अन्योलमा पर्छ । त्यसैले हाम्रो भोजन सन्तुलित हुनु पर्छ । हाम्रो दिमागका कोशिका फ्याटबाट बनेका हुन्छन्। त्यसैले पनि खानामा फ्याटलाई पूर्णरुपमा छोड्नु हुँदैन। बदाम, गेडागुडी, नासपाती, माछा हाम्रो दिमागका लागि निकै लाभदायक मानिन्छन्।

४. दिमागलाई आराम दिनुहोस्
तनाव दिमागका लागि अत्यन्त राम्रो हो किनकि आपत्‌कालीन अवस्थामा पनि दिमागले राम्रोसँग काम गर्न पाउँछ । तर, निकै धेरै तनाव लामो समयसम्म हुँदा दिमागमा नकारात्मक असर पर्छ। त्यसैले समयसमयमा आफ्ना नियमित तनाव बिर्सनुहोस् र दिमागलाई आराम दिनुहोस् ।

५. नयाँ चुनौति खोज्नुहोस्
दिमागलाई तन्दुरुस्त राख्नका लागि दिमागलाई नयाँ चुनौति दिइरहनु पर्छ। जब नयाँ चुनौति दिइन्छ, दिमागले अभ्यास गर्ने मौका पाउँछ र हामीले नयाँ कुरा सिक्न पाइन्छ। यसको अर्थ हो कुनै नयाँ भाषा सिकेर वा नयाँ कला सिकेर हामीले दिमागको क्षमता बढाउन सकिन्छ। नयाँ भाषा सिक्न वा अरु केही सिक्न मन छैन भने परिवारमा अनलाइन खेल खेलेर पनि दिमागको क्षमता बढाउन सिकन्छ।

६. स‌ंगीत सुन्नुहोस्
संगीतले दिमागलाई अत्यन्त राम्रो प्रभाव पार्छ । मानौं दिमागका लागि अचुक औषधि हो संगीत । कुनै पनि गीत सुन्दै गर्दा वा कुनै साधन बजाउँदै गर्दा पूरै शरिर क्रियशिल हुने भएकाले पनि यस्तो असर देखिने हो । कयौं ठाउँमा त संगीतलाई सम्झनाको थेरापीका रुपमा पनि प्रयोग गरिएको हुन्छ।

७. पढ्नुहोस् र सुत्नुहोस्
यदि तपाईंले दैनिक रुपमा केही नयाँ पढ्नुभयो भने तपाईंको मस्तिष्कलाई राम्रो अभ्यास हुन्छ । यसले मस्तिष्कका दुई कोशिकालाई जोड्ने काम गर्छ। अनि केही पढेर सुत्दा यसले दुई कोशिकाको सम्पर्कलाई अझ बलियो बनाउँछ । त्यसैले यसरी पढेर सुत्दा पढेको कुरा लामो समयसम्म याद आइरहन्छ । त्यसैले निद्रा सम्झनाका लागि तथा दिमागका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले पनि सुत्नुभन्दा अगाडि फिल्म तथा भूतका कथा पढ्नुहुँदैन, सकारात्मक अनुभवसँग सुत्दा दिमागलाई निकै फाइदा पुग्छ ।

८. विहान यसरी उठ्नुहोस्
यदि कोही पनि व्यक्ति पाँच घन्टाभन्दा कम सुत्यो भने त्यो व्यक्ति खासै चनाखो हुन सक्दैन । यही अवस्था दैनिक १० घन्टाभन्दा बढी सुत्दा पनि हुन सक्छ । यसका साथसाथै तपाईं कसरी उठ्नुहुन्छ भन्ने पनि महत्वपूर्ण हुन्छ । सबैभन्दा राम्रो त के भने तपाईं अँध्यारोमा सुत्नुहोस् र विस्तारै उज्यालो भइरहेको समयमा उठ्नुहोस् । उठ्दा सूर्यको प्रकाश कोठामा पर्ने छ भने झन् राम्रो हुन्छ। यो उज्यालोले दिमागलाई अझ अभ्यास गर्ने बनाउँछ। घरमा सूर्यको प्रकाश आउँदैन भने लाइट सिस्टम भएको अलार्म किन्न पनि सकिन्छ।

प्रकाशन मिति–२०७५ साल पुष १३ गते शुक्रवार ।