काठमाडौ। नेपालमा संविधान घोषणा भएको असोज ३ गतेलाई संविधान दिवसको रुपमा सरकारले मनाएकोमा त्यसको विरोध भएको छ। संविधान विरोधी मधेशी मोर्चासहित संघीय गठवन्धनले काठमाडौ लगायत देशका विभिन्न स्थानमा संविधान जारी भएको दिनलाई कालो दिन भन्दै प्रदर्शन गरेको छ।

kalo-dina

राजधानी काठमाडौको शान्ति बाटिकामा जम्मा भएका गठबन्धन कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका थिए। प्रदशर्नकारीहरु शान्तिबाटिकाबाट जयनेपाल हुँदै घुमेर फेरी शान्तिबाटिकामा नै आएका थिए। गत बर्ष आजकै दिन नयाँ संविधान जारी भएको थियो।

मधेस र थारु क्षेत्र केन्द्रित दलहरुले उक्त संविधानमा असहमति जनाउँदै झण्डे छ महिना लामो आन्दोलन गरेका थिए। त्यस क्रममा करिव ५० जनाको ज्यान गएको थियो। त्यसैगरी खोटाङ, रौतहट, सप्तरीलगायतका जिल्लामा पनि गठबन्धनका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज ३ गते सोमवार ।