काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। छैटौ संविधान दिवसका अवसरमा आज शनिवार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका अनुसार भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गरेकी हुन्।

त्यसरी विभूषण प्राप्त गर्नेहरुमा इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्य देखि चलचित्र विकास वोर्डका पूर्व सदस्य एवम् कलाकार उत्तम केसीसम्म छन्।


प्रकाशन मिति–२०७७ साल असोज ३ गते शनिवार ।