Kathamandu 1

काठमाडौं। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ट्रिप एडभाइजरुले यो वर्ष (सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ। यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो। पहिलो स्थानमा भने बेलायतको लन्डन सहर परेको छ। दोस्रोमा टर्कीको इस्तानबुल सहर छ।

Kathamandu 2

काठमाडौंले अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्टलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ। ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो।

यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो।
ट्रिप एडभाइजरको यो सूचीको तेस्रो स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन सहर परेका छन्।

Kathamandu 3त्यसैगरी सूचीको तेह्रौं स्थानमा संयुक्त अरब इमिरेट्सको दुबई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्रौं थाइल्यान्डको बैंकक, सोह्रौं नेदरल्यान्डको आम्सटर्डम, सत्रौं अर्जेन्टिनाको ब्युनस आयर्स, अठारौं चीनको हङकङ, उन्नाइसौं मेक्सिकोको प्लेया डेल कार्मेन, बीसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एक्काइसौं जापानको टोकियो, बाइसौं पेरुको कुस्को, चौबीसौंमा अस्ट्रेलियाको सिड्नी र पच्चीसौं स्थानमा हंगेरीको बुडापेस्ट परेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १० गते बुधवार ।