काठमाडौं। काठमाडौंको बाफल गाईबाच्छापाटी स्थित संस्कार प्रि–स्कुलले स्थापनाको सातौ अभिभावक दिवस संपन्न भएको छ।

कलिला बालबालिकाको बृद्धि विकासको लागि सात बर्षअगाडि स्थापना भएकाृ संस्कार प्रि–स्कुलले यो बर्षवाट कक्षा १ पनि संचालन गर्ने जानकारी स्कुलकी प्रिन्सिपल पूजा खनाल गौतमले भिजन संसार डटकमलाई जानकारी दिएकी छन्।

सानो कलिलो उमेरमा प्रेसररहित गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यनुरुप स्थापना भएको संस्कार प्रि–स्कुलमा अध्ययन गर्ने बालबालिकालाई संस्कारी बनाउने आफूहरुको प्रमुख उदेश्य भएको पनि प्रिन्सिपल गौतमले भनेकी छन्। प्ले–ग्रुपदेखि नर्सरी, एलकेजी र युकेजीसम्मको शिक्षा प्रदान गरिने गरेको संस्कारमा ८५ जना बालबालिकाहरु अध्ययनरत रहेका छन्।

उनीहरु सवै एक से एक प्रतिभावान देखिएका छन्। उनीहरुले अभिभावक दिवसमा देखाएको प्रतिभा प्रदर्शनले उनीहरुका अभिभावकहरु पनि दंगै देखिएका थिए।
प्रकाशन मिति–२०७५ साल चैत्र १६ गते शनिवार ।