काठमाडौं। शताब्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशीको दुःखद निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा डा.जोशीको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको हो।

डा.जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिएभने डा.जोशीलाई पछिल्लो समय डेंगु संक्रमण समेत भएको थियो । डेंगु संक्रमणपछि डा.जोशीलाई गत असोज २३ गते छातिमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो।

त्यस्तै, अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो। जोशीको पार्थिव शरीरको अन्तिम श्रद्धाञ्जली तथा हिन्दू संस्कार अनुसार गर्नुपर्ने अन्तिम सवै संस्कार पूरा गरेर अध्ययनका लागि मेडिकल साइन्सका विद्यार्थीहरुलाई हस्तान्तरण गरिने भएको छ।

मृत्यु पर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रण अनुसार किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिने जानकारी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन्।
प्रकाशन मिति–२०७९ साल असोज ३० गते आइतवार ।