Satyamohan Joshi samman 1काठमाडौ । नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार शनिवार विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाएको छ।

Satyamohan Joshi samman 2बेलायतबाट आउनुभएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग शाहकासाथ नेपाल च्याप्टरका सल्लाहकार गोपाल पराजुलीसहित कार्यसमितिका पदाधिकारीहरू अध्यक्ष साहित्यकार इल्या भट्टराई,महासचिव पत्रकार हरिशरण लामिछाने,साहित्यकार पत्रकार जयदेव भट्टराई,साहित्यकार ललिता दोषी,साहित्यसेवी राजेशजंग शाह आदिको साहित्यिक भेलाले विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको निवासमा गएर फूलमाला,मिठाइ र पुष्पगुच्छाका साथै सगुन दिई शुभकामना अर्पण गरेर दीर्घायुको कामना गर्यो ।
प्रकाशन मिति–२०७३ साल जेठ १ गते शनिवार ।