ललितपुर । ललितपुरमा संस्कृति र सम्पदा जगेर्ना गर्न र गराउनका लागि चित्रकला प्रतियोगिताको आयोजना भएको छ। ललितपुर महानगरपािलका वडा नंबर २८ र २९ हरिसिद्धि तथा सोही वडामा संचालित क्षितिज सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा चित्रकला प्रतियोगिता भएको हो।

 सो कार्यक्रममा काठमाडौं उपत्यकाका २४ विद्यालयका ६२ विद्यार्थीले भाग लिएका थिए। ललितपुर नगर प्याबसनका अध्यक्ष हिरा महर्जनले चित्रकला मार्फत बालबालिकाको शिप बढ्ने धारणा राख्दै यस्ता कार्यक्रम अझ निकै जरुरी रहेको औल्याएका थिए।

प्रतियोगितामा काठमाडौं बानेश्वर सुविधानगरको हिमालयन हवाइट हाउस स्कुलकी छात्रा नोरिस श्रेष्ठ प्रथम, ललितपुरका ग्वार्को स्थित आदर्श विद्यासदनकी छात्रा आरती चौधरी व्दितीय तथा गोदावरीको डल्फिन सेकेण्डरी बोर्डिन स्कुलकका छात्र सन्देश रुम्बा तृतीय बनेका थिए।

प्रतियोगितमा भाग लिएका विद्यार्थीहरुको चित्रकलाको मूल्यांकन सिद्धहस्त चित्रकार अजय देसार लगायतका विज्ञहरुले गरेका थिए।

प्रकाशन मिति–२०७९ साल मंसीर २९ गते विहीवार ।