काठमाडौं। सङ्घीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा अग्नि सापकोटा सभामुखमा निर्वाचित भएका छन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध रूपमा निर्वाचित भएका हुन्।

विगत तीन महिनादेखि सभामुख पद रिक्त रहेकोमा आइतवारवाट अग्नि सापकोटालाई नयाँ सभामुखको रुपमा प्रतिनिधिसभाले पाएको छ। रोशनी शाही बलात्कार काण्डमा नराम्ररी मुछिएपछि तत्कालिन सभामुख कृष्णवहादुर महरालाई जेल सजाय भएपछि सभामुख पद तीन महिनादेखि रिक्त हुंदैआएको हो।

निर्विरोध निर्वाचित नयाँ सभामुख अग्नि सापकोटाको सभामुखको यात्रा पनि त्यति सहज छैन्। पूर्वमाओवादी कोटावाट सभामुख बनेका अग्नि सापकोटा नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएको हत्यासम्बन्धी एउटा मुददा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला सभामुख बनेका हुन्।

सर्वोच्चमा विचाराधीन यही मुददाका कारण अग्नि सापकोटाको यतत्र विरोध भैरहेको बर्तमान अवस्थामा सभामुखको यात्रा फलामे चिउरा सावित हुने देखिएको छ।
प्रकाशन मिति–२०७६ साल माघ १२ गते आइतवार ।