काठमाडौ। बलिउडका कुनैबेला सुपरस्टार नै मानिएका हिरो सञ्जय दत्तकी छोरी त्रिशला यतिखेर हट फोटोको कारण चर्चामा रहेकी छन्। त्रिशलाले इन्स्टाग्राम एकाउण्टमा हट तस्विर शेयर गरेपछि उनको व्यापक चर्चा भएको हो।

त्रिशलाले विकिनी अवतारमा तस्बीर शेयर गरेपछि उनी व्यापक चर्चामा आएकी हुन्। उनले अहिलेसम्म बलिउडमा एन्ट्रि गरेकी छैनन्। यद्यपी उनको चर्चा भने बलिउडमा चलेका नायिकाको भन्दा कम छैन। उनले अहिले विदेशमा विजनेश गरिरहेकी छन्। उनी विजेनेशमै खुसी रहेको बताइएको छ।

त्रिशला पिता संजय दत्तको प्रोडक्शन हाउससँगै ठूलो पर्दामा चाँडै देखिन सक्ने बताइएको छ। संजयले छोरी बलिउडमा आउन चाहेको खण्डमा धेरै मेहनत गर्नुपर्ने बताएका छन्।

त्रिशलाको हिन्दी भाषा त्यति राम्रो नभएको कारण अलि गाह्रो पर्ने गरेको संजय दत्तको भनाई रहेको छ। सञ्जय दत्तले छोरी त्रिशला दत्तलाई राम्रोसंग हिन्दी भाषा सिकाउनै बाँकी रहेको भनेका छन्।

प्रकाशन मिति–२०७४ साल माघ १३ गते शनिवार ।