काठमाडौं। बलिउडमा रहेकी ख्यातिप्राप्त नेपाली गायिका दीपानारायण झाले पनि कोरोनाभाइरस विरुद्धको गीत गाएकी छन्। होप बोलको गीत गायिका दीपानारायण झाले गाएकी हुन। उक्त गीतको भिडियो पनि सार्वजनिक भएको छ।

सञ्चारकर्मी सञ्जय बरालले रचना गरेको होप बोलको गीतलाई क्रिस रिजालले संगीतबद्ध गरेका हुन। राहुल कालिकोटे तथा दीपक सुर्खेतीले यस गीतमा संगीत संयोजन गरेका छन्। गीतकार सञ्जय बरालका अनुसार यो गीतको अडियो तथा भिडियो लक डाउनको समयमा घर भित्रै रहेर तयार गरिएको हो।

मुम्बईमा रहेकी ख्यातिप्र्राप्त गायिका दीपा नारायण झाले पनि आफ्नै घरका विभिन्न ठाउँहरूमा भिडियोका दृश्यहरु छायांकन गरेर आफैले फिचरिङ गर्ने कार्य भएको छ। यो गीतलाई किशोर गोल्ड (फ्रेम प्रोडक्सन)मा मिक्सिङ गरिएको जनाएको छ। विजेश पौडेलले यस गीतको भिडियो निर्देशन गरेका हुन।
प्रकाशन मिति–२०७७ साल बैशाख १३ गते शनिवार ।