काठमाडौं। नेपालमा कोरोनाको कहरका कारण लकडाउन जारी भएको पनि आज मिति २०७७ साल बैशाख ३० गते मंगलवारवाट ५० दिन पुगेको छ। ५० दिनसम्म आइपुग्दा जारी लकडाउनमा धेरैको जनजीवन रोकिएको छ।

सडकमा अरुबेला जस्तो सहज रुपमा सवैलाई मनलागेको बेला निस्फिक्री हिंड्डुल गर्न सरकारले दिइएको छैन्। कोरोनाको संक्रमण बढ्ने ठहर गर्दै सरकारले गरेको कडी कडाईमा पनि रक्तदानका अनवरत यात्री रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य भने रोकिएका छैनन्।

लकडाउनको ५० औं दिनसम्म आइपुग्दा पनि लकडाउनअघिको समयमा जस्तै रक्तदाता कर्माचार्यको रक्तसेवामा रोकिएको छैन्। लकडाउन भनेर कुनैपनि दिन घरमा आराम गरेर वस्ने कार्य कर्माचार्यवाट भएको छैन्। हर दिन हरपल विरामीहरुको सेवामा निरन्तर लागिरहेका कर्माचार्यको दिनचर्यामा उही रफ्तार रहेको छ।

लकडाउनमा पहिला जस्तो विरामीको चाप नभएतापनि बढी चाप भने,सुत्केरी तथा क्यान्सर प्यासेन्टको सेवामा कर्माचार्यको रफ्तार बढे्को हो। अरु विरामी भन्दा सुत्केरी तथा क्यान्सर प्यासेन्टका लागि धेरै रगतको जोहो गर्ने कार्यमा आफू यो लकडाउनको अवधिमा धेरै व्यस्त बन्नुपरेको यथार्थता भिजन संसार डटकमलाई बताएका छन्।

 नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता कर्माचार्य सुत्केरी तथा क्यान्सर प्यासेन्टहरुको लागि आवश्यक रगत निःशुल्क जोहो गर्न र गराउन घरदेखि सडक हुंदै अस्पतालहरुमा दगुर्दा बाटोघाटोमा प्रहरीले कहीकतै नरोकिएको र रोकेको आफूसंग कुनै रेकर्ड नभएको पनि कर्माचार्यले बताएका छन्।

धेरैजसो हिंड्ने क्रममा प्रहरीले सामान्य सोधपुछ हुने गरेको र आफू प्यासेन्टहरुको लागि रगतको जोहो गर्न र गराउन हिंडे्को स्वयंसेवी रक्तदाता भनेर परिचय दिदा उल्टै उहाँहरुले सहयोग गरेर पठाउने गरेको कैयन घटनाक्रम कर्माचार्यसंग रहेका छन्। १६१ पल्ट रक्तदानको रेकर्ड राखिसकेका कर्माचार्यले लकडाउन अवधिभर औसत दैनिक बढीमा आठजना र कम्तिमा दुईजनासम्मलाई सेवा दिने कार्य गरेको बताएका छन्।

प्यासेन्टलाई सेवा दिने क्रममा अक्सर आफ्नै मोटरसाइकलवाट आवतजावत गर्ने कर्माचार्यले लकडाउनको वर्तमान अवस्थामा कतिपय अवस्थामा प्यासेन्ट सवार सवारीवाट पनि पुग्ने गरेका छन्।

यसरी आवत–जावत गर्ने क्रममा प्र्रहरीलाई आफ्नो सामान्य परिचय पत्र देखि कतिपय बेला आफ्नो भिजिटिङ कार्ड मात्र देखाएर भएपनि इमरजेन्सी सेवा दिने कार्य गर्दैआएको बताउने रेकर्डेट रक्तदाता कर्माचार्यको सेवामा निरन्तरता कायमै रहेको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख ३० गते मंगलवार ।