–समाचारको प्रभाव–

काठमाडौं। जारी लकडाउनको कारण सडकमा मकै पोलेर जीविकापार्जन गर्दैआएकी एकल महिला मकैवाली कालीआमा माया मगरको केही दिनअघि भिजन संसार डटकममा प्रकाशित भएपछि त्यस समाचारको प्रभाव परेको छ।

लकडाउनले ल्याएको समस्या अनि यसै समयमा खुट्टा भाँचेकी मकैवाली कालीआमाको समाचार प्रकाशित भएपछि कोटेश्वर निवासी लक्ष्मी कार्कीले केही नगद सहयोग गरेकी छन्।

औषधि किनेर खानका लागि आफूले सक्दो नगद सहयोग गरेको मनकारी लक्ष्मी कार्कीले कोटेश्वर प्रतिनिधि सुनकुमार अवालसंगको भिडियो वार्तामा भनेकी छन्।

भिजन संसार डटकमको समाचार हेरेर नै आफूले सहयोग गरेको वताउने मनकारी कार्कीको सहयोगलाई मकैवाली कालीआमाले धेरै धेरै धन्यवाद भनेकी छन्।

मकै पोलेर परिवार पाल्ने मकैवाली कालीआमाको पीडामाथि महापीडा

प्रकाशन मिति–२०७७ साल जेठ १४ गते बुधवार ।