काठमाडौं। पावर, पद र पैसाको खेल रच्ने चलचित्र सतरञ्जका पर्दा पछाडिका हिरो अरु कोही नभइकन लेखक मौनता श्रेष्ठ नै हुन। सयौं नेपाली चलचित्र लेखिसकेका अनि दर्जनौ चलचित्रका सफल निर्देशक मौनता श्रेष्ठ चलचित्र सतरञ्जका सस्पेन्स थ्रीलर लेखक हुन।

चलचित्र सतरञ्जमा मौनता श्रेष्ठले रहस्यमा रहस्यमय वनाएर गजब नै बनाएका छन्। जुन चलचित्र सतरञ्जको ज्यान नै हो। यिनै प्रभावशाली लेखक मौनता श्रेष्ठव्दारा लिखित चलचित्र सतरञ्जको निर्माण तथा निर्देशन नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त फाइट निर्देशक एन.बी. महर्जनले गरेका छन्।

कोरोना कहरको कारण जारी लकडाउन खुलेपश्चात सामान्य स्थिति आउनासाथ रिलिज डेट कुरिरहेको चलचित्र सतरञ्ज व्यावसायिक चलचित्रको नयाँ स्वाद हुने निर्माण पक्षको दावी रहेको छ।

यस चलचित्रमा सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, गोकुल सुवेदी, ध्रुव कोइराला, विशाल पहाडी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिंग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जी लगायतका कलाकारहरुका साथमा विशेष भूमिका ख्यातिप्राप्त अभिनेत्री अनिता केसीको रहेको छ।

छायाँकन प्रज्ज्वल राउत र गोकुलले गरेका छन्। फाइट डाइरेक्सन शंकर महर्जनको रहेको छ। सम्पादन सुबाष देवकोटाले गरेका हुन्।
प्रकाशन मिति–२०७७ साल भाद्र २० गते शनिवार ।