काठमाडौं। फेसन तथा मोडलिङ क्षेत्रमा उल्लेख्य योगदान दिएकाहरुलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। साथमा पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२० फेसनमय माहौलका वीच सम्पन्न भएको छ। पेजेन्ट नेपाल इन्टरनेसनलको आयोजना तथा अमेजन इन्टरटेन्मेन्ट र हिमालयन मुभिस्को सहकार्यमा पुरस्कार तथा सम्मान र अवार्ड कार्यक्रम भएको हो।

कार्यक्रमको विशेष अवार्ड शीर्षकमा सदावहार अभिनेता भुवन केसीलाई एभरग्रीन फेसन आइकनको अवार्ड प्रदान गरिएको छ। अभिनेत्री एवं टेलिभिजन प्रस्तोता रिमा विश्वकर्मालाई मोस्ट इन्फ्लेन्सियल टेलिभिजन आइकन अवार्डवाट पुरस्कृत गरिएको छ। फेसन कोेरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यलाई वेष्ट फेसन जर्नालिष्ट अवार्डबाट अवार्डेट गरियो। सोबर रिकभरि उपचार तथा पुर्नस्थापना केन्द«का संस्थापक निर्देशक छिरिङ वाङ्डी सोसल हिरो अवार्डबाट सम्मानित वने।

यसैगरी विशेष अवार्डतर्फ मिसेस् टुरिजम एम्बेसडर वल्र्ड २०२० का विजेता शिलाष्मा मल्ल हमाल वेष्ट इन्टरनेसनल टाइटल विनर मिसेस् अवार्ड प्राप्त गर्न सफल भइन् भने मिष्टर नेपाल २०१९ का विजेता डा.सन्तोष उपाध्याय मोस्ट इन्फ्लेन्सियल अवार्ड जित्न सफल भए कार्यक्रममा वरिष्ठ फेसन कोरियोग्राफर तथा संचारकर्मी जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता रहेको थियो भने मोडलद्वय रुबिस्का श्रेष्ठ र इरिना श्रेष्ठ, मेकअप आर्टिष्ट गौरा राई तथा मोडल अभिनेता नरेन खड्का अतिथिका रुपमा उपस्थित थिए।

कार्की प्रमुख कार्यकारी, हिमानी सुब्बा कार्यक्रम निर्देशक तथा कमल खतिवडा कार्यक्रम व्यवस्थापक रहेको सो अवार्ड कार्यक्रममा मिष्टर नेपाल डा.सन्तोष उपाध्यायले मोस्ट पपुलर टाइटल विनरको अवार्ड उचाल्न सफल भएका थिए भने मिस कस्मोपोलिटन वल्र्ड २०१९ का विजेता प्रिया रानी लामाले इन्टरनेसनल अचिभर फिमेलको अवार्ड जितिन् । सोही विधामा पुरुषमा तर्फ मिष्टर नेपाल वल्र्ड २०१९ अक्षय जंग रायमाझीले ट्रफी उचाल्न सफल भए ।

कार्यक्रममा हेमा पुन मगरलाई प्रोफेसन वेष्ड पपुलर टाइटल विनर, अरमान शाहनीर्ला वेष्ट फेसन कोरियोग्राफर, आशिष नापितलाई वेष्ट इभेन्ट कोरियोग्राफर तथा क्वेष्ट इभेन्ट म्यानेज्मेन्टका प्रबन्ध निर्देशक जेनु श्रेष्ठलाई वेष्ट इभेन्ट डाइरेक्टरको अवार्ड प्रदान गरिएको थियो। कोभिड १९ लाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाका मापदण्डलाई ध्यानमा राखी आयोजक संस्थाका प्रतिनिधि, अवार्ड विजेताहरु तथा सीमित संख्यामा आमन्त्रितहरुका वीच कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रकाशन मिति–२०७७ साल कात्तिक ५ गते बुधवार ।