काठमाडौ। सदावहार अभिनेता भुवन केसी र एटीएम गर्ल जिया केसी वीचको संवन्धले थप निरन्तरता पाएको छ। दुवैवीच माया–प्रेम तथा निकटता रहेको गाइंगुइं हल्ला बारम्बार आइरहेको छ।

Bhuwan with Jiya KCत्यसमाथि, रंगहरुको महान पर्व होलीको अवसरमा आइतवार टिभी फिल्मी गोपीकृष्ण मुभिजले आयोजना गरेको होली विशेष कार्यक्रममा सदावहार अभिनेता भुवन केसी आकर्षण नै बने। त्यसमाथि, भुवनका साथमा देखिएकी एटीएम गर्ल जिया केसीको पनि व्यापक चर्चा तथा परिचर्चा भयो।

दुवैले एक अर्कालाई राम्रा तथा असल साथी भन्दैआएका छन्। दुवै वीचको संवन्धको कुरा आउंदा आफूहरु राम्रो साथी भएको मात्र भन्दैआएका छन्। राम्रो साथीको नाताले भुवन र जिया अक्सर विभिन्न कार्यक्रमहरुमा देखिदैआएका छन्।

होलीको पर्वमा घाँटीको गलामा रातो पोतेजस्तो माला लगाएर आएकी जियालाई देख्नेहरुले भुवन केसीसँग सुटुक्क विवाह गरेको हो कि भन्ने अनुमान गर्नेहरु पनि पाइएको छ। दुई पत्नी विजया केसी र सुस्मिता केसीसँग डिभोर्स पछि एकल जीवन विताइरहेका भुवन केसी जिया केसीको मायामा फसेको अनुमान गरिएको छ। दुवैवीच लिभिङ्ग टुगेडरको संवन्ध भएको समाचार प्रकाशमा आएतापनि त्यस कुरा पुष्टि हुन सकेको छैन्।

यद्यपि, यी माया गर्ने जोडीको होलीमा सवैले तारिफ नै तारिफ गरेको पाइयो। माया–प्रेम तथा संवन्ध जस्ता कुराले भुवन केसीलाई जहिले पनि तन्नेरी बनाइरहेको छ। यसअर्थमा पनि भुवन केसी आफूलाई लक्की आर्टिष्ट संझन्छन्।

प्रकाशन मिति–२०७३ साल फागुन ३० गते सोमवार ।