Satya Kala Rai 1

काठमाडौ। विगत अढाई दशकदेखि गीत गायनमा सक्रिय बन्दैआएकी सदावहार गायिका सत्यकला राईको आइडी नै आइडी कार्ड बनेको छ। त्यसको मतलव गायिका राई कुनै देशको आइडी कार्ड होल्डर भने अवश्य होइन।

डेढ दशकअगाडि तिमी गयौ हंगकंग आइडीले बोलको गीत गाएर अत्यन्त चर्चामा आएको कारण गायिका राईलाई आइडी कार्ड भनेका हुन्। हालसम्म ३ सयभन्दा कालजयी आधुनिक तथा लोकपाराका सदावहार गीत गाइसकेकी गायिका राईको पहिलो एल्वमको नाम पनि आइडी कार्डैले हो।

Satya Kala Rai 2

त्यसपछि इन्टरनेटैमा, विर्सिजाने, गुनासो र सत्य नामका एल्वम गरेर पाँचवटा एल्वम निकालेर तहल्का मच्चाइसकेकी छन्। हाल आएर गायिका राईले पछिल्लो गीत र्याईर्याई गरयो सारंगी बोलको मखमली स्वर भएको एक गीतलाई सार्वजनिक गरेकी छन्। जुन गीतलाई युट्युबबाट विश्वभर एकसाथ रिलिज गर्ने कार्य गायिका राईले गरेकी छन्। गीत पुरु लम्सालको रहेको छ भने, संगीत थानेश्वर गौतमले दिएका अभिनय अनु शाह र नरेशबीर सिंहको रहेको छ। निर्देशन दिनेश पाख्रिनले गरेका छन्।

Vetran Singer Satya Kala Rai with her husband Mr. Nawal Khadka
Vetran Singer Satya Kala Rai with her husband Mr. Nawal Khadka

अंग्रेजी विषयमा डिग्री होल्डर समेत रहेकी गायिका राईले कलेज पढाउनुको अलावा सेलिब्रेटी हिमालयन अर्गानिक ग्रीन–टीको व्यवसायी पनि बनेर अगाडि बढिरहेकी छन्। नेपाली चलचित्रका अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काका जीवन–संगीनी गायिका राई आफूलाई श्रीमानको अतुलनिय प्यार–सदभाव र प्रेरणाले हर कार्यमा लाग्न हरदम हौसला प्रदान गरेको सगौरब भन्न चुक्दिनन्।

Vetran Singer Satya Kala Rai's Green Tea Business.
Vetran Singer Satya Kala Rai’s Green Tea Business.

Now Showing Satya Kala Rai’s New release New Song.


प्रकाशन मिति–२०७३ साल माघ ११ गते मंगलवार ।