Karishma Manandhar.1काठमाडौ। नेपालकी सदावहार नायिका करिश्मा मानन्धर अष्ट्रेलियामा सम्मानित बनेकी छन्। नेपाली चलचित्र क्षेत्रमा विगत तीन दशक देखि निरन्तर योगदान दिएको उच्चकदर गर्दै अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा नायिका मानन्धरलाई सम्मान प्रदान गरिएको हो।

Karishma Manandhar awarded in Australiya

अष्ट्रेलियाको सिड्नीको ह्रष्टभिलमा रहेको मराना अडिटोरियमको हलमा आयोजित तीज विशेष कार्यक्रममा सहभागी नायिका मानन्धरलाई त्यहाँको नेपाली संस्थाले सम्मान दिइएको हो। यसअघि सोही संस्थाले महानायक राजेश हमाललाई सम्मानित गरिसकेको छ। सम्मान कार्यक्रमअघि आयोजना गरिएको सांगीतिक कार्यक्रममा नायिका मानन्धरले त्यहाँ रहेका नेपाली दर्शकसामु आफ्नो सदावहार प्रस्तुति दिएकी थिइन्।Karishma Manandhar

प्रकाशन मिति–२०७३ साल साउन ५ गते बुधवार ।