–नारायण देवान
काठमाडौं। सदावहार सम्बन्धलाई रसिलो र कसिलोको साथ सफल बनाउँनको पछाडि धेरै समय र मेहनत लाग्छ। यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ । यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स—साना कुराले पनि जोडीकावीच सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत, जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ ।
सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने यी ६ बुँदाहरु–

एक अर्कावीच हँसाई राख्नुस्
एक आपसमा दिल खोलेर हाँस्नुस् किनकि हँसाईबाट शरीरमा अक्सीटोसिन हार्मोन बन्ने गर्दछ जुन हार्मोनले सधै मुड सफा राख्छ। सधै हाँस्नेवाला जोडीको साथमा धेरै खुशीयाली रहने गर्दछ । यिनीहरुले हाँस्दै मुस्कुराउँदै जीवनको कैयौ मुश्किलका घुम्तीहरुलाई सजिलै पार लगाउँछ । यदि तपाई पनि आफ्नो सम्बन्धलाई सफल बनाउँन चाहनुहुन्छ भने एक अर्कावीच हाँसी खुशी रहनुस र हँसाइरहनुस् । यसबाट सम्बन्धका जादु सुमधुर रहनेछ ।

मनमा कहिल्यै दुर्भाव नराख्नुस्
जुन जोडी सधै खुशी रहन्छ उनीहरु एक अर्काप्रति कुनै दुर्भाव राख्दैन । हरेक सम्बन्धमा धेरै थोरै लडाई झगडा त हुन्छ नै तर कोशिश गर्नुस कि सुत्नुभन्दा पहिले मुद्दाको सुल्झाउँनुस् ताकि आगामी दिनको शुरुवात राम्रो हुनेछ । आफ्नो भावनाको खुलेर एक अर्कावीच सामुन्ने राख्नुस् ताकि आफ्ना पार्टनरको अगाडि त्यो कुराको ध्यान राख्न सकोस्।

एक अर्काप्रति संवेदनशील बन्नुहोस्
सम्बन्धबाट आनन्द उठाउँनको लागि एक अर्काप्रति सम्वेदनशील बन्नुहोस् र हरेक पलकासाथमा रमाइलोको फाइदा उठाउँनुहोस् । तपाई सम्बन्धको गहिराईमा जब तक पुग्न सक्नुहुन्न तबसम्म तपाई आफ्नो पार्टनरको साथ खुलेर जीन्दगी विताउँन सक्नुहुन्न । एक अर्कावीच आफ्नो डर, खुशी र तनाव सबैचिजको कुरा गर्नुहोस् । यसबाट तपाईको सम्बन्ध मजबुत बन्नेछ ।

कुनै कुरा गोप्य नराख्नुहोस्
कुनैपनि कुरा आफ्नो जोडीसँग लुकाएर राख्नु आफ्नो जोडीको लागि नोक्शानदायक हुन सक्नेछ । खासगरीकन कुनै यस्तो कुरा जुन तपाईले आफ्नो पार्टनरलाई बताउँनु भएन भने र यदि उसलाई कहि कतैबाट थाहा पाए। पैसा रुपैया, छिमेकिहरुले या घरकै कुनै अन्य सदस्यबाट जोडिएको कुनै पनि कुरा जुन तपाईको दुख दिइ रहेको छ, उसको चर्चा आफ्नो पार्टनरसँग गर्नुहोस्। यदि तपाई एक अर्काको सफल सम्झिनुहुन्छ भने तपाई त्यो कुराको पनि सम्झिनु हुनेछ ।

पार्टनरलाई आफ्नो कुरा राख्नेको मौका दिनुहोस्
हरेक कोई चाहन्छन् कि उ आफ्नो कुरा खुलेर भन्न सकोस् । आफ्नो साथीको उसको कुरा राख्नको लागि पूरा मौका देओस् र जब उ आफ्नो कुरा राखिरहेको छ भने पनि वीच विचमा विना रोकटोक ध्यान दिएर सुनिरहनुस् । सफल सम्बन्धको यहि पहिचान हो कि पार्टनरलाई थाहा होस् कि उसले कहिले बोल्नु पर्छ र उसले आफूलाई रोक्नुपर्छ । एक अर्काको कुरा काट्नाले कुरा पूरा हुदैन र सम्बन्धमा पनि धमिलिन थाल्छ ।

एक अर्कालाई ठाउँ दिनुहोस्
सम्बन्धलाई सफल बनाउँनको लागि एक अर्काबाट ठाउँ दिनुहोस्। पार्टनरको सपना र मञ्जिलकोतर्फ बढनमा उसलाई साथ दिनुहोस् । कुनै जरुरी छैन कि तपाईहरु दुबैको विचार एउटै हुनुपर्छ भन्ने । एक अर्कावीचको असहमतीलाई पनि सम्मानले स्वीकार्नुहोस्। यसरी एक अर्कावीचको दुरी सामुन्ने खुलेर आफ्नो विचार व्यक्त गर्न सक्नु हुनेछ ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।