काठमाडौं। नेपाली चलचित्रका सदावहार सुपरस्टार हिरो भुवन केसीको चर्चा आफैमा चमत्कार हो। भुवन केसी हरपल चर्चामा रहने हिरो हुन्। उमेरले जतिसुकै उकाली काटेपनि आफूलाई ताजा बनाइराख्ने खुबिलिटी राख्ने सुपरस्टार हिरो भुवन केसीले नयाँ खुलासा गरेका छन्। त्यो हो–विवादास्पद हट हिरोइन जिया केसीसंगको संवन्ध।

भुवनले कान्छी श्रीमती सुस्मिता केसीसंगको डिभोर्स पश्चात हट हिरोइन जिया केसीसंग संवन्ध विस्तार गरेका थिए। तर, भुवनले जियालाई सार्वजनिक गरेका थिएन। लामो समयदेखि रिलेसनमा रहेका भुवन र जियाको संवन्ध बेलायत पुगेपछि दुवैले छताछुल्ल पारेका छन्।

बेलायतमा भुवन केसी निर्मित चलचित्र क्याप्टेन रिलिजका क्रममा पछिल्लो पुस्ताका युवा सुपरस्टार छोरा अनमोल केसीका साथमा पुग्दा जिया केसी पनि पुगेकी थिइन्। हुन त भुवनका हरेक कार्यक्रमको व्यवस्थापनको कार्य जियावाटै हुंदैआएको पाइन्छ।

बेलायतमा चलचित्र क्याप्टेनको रिलिज पश्चात जिया केसीसंगको निश्फिक्री फोटो भुवन केसी आफैले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। त्यसरी जियासंग बसेको फोटो भुवनले सार्वजनिक गरेपछि धेरैले नाइस कपल भनेर कमेन्ट गरेका छनभने, कतिले दाजुभाउजु भनेका छन्। भुवन भने नो कमेन्टमा बसेका छन्। भुवनले कुनै कमेन्ट गरेका छैनन्। भुवनले आधिकारिक रुपमा जिया केसीलाई तेश्री पत्नी भनेर घोषणा भने गरेका छैनन्।
प्रकाशन मिति–२०७६ साल बैशाख २ गते सोमवार ।