https://www.youtube.com/watch?v=Da7ue0skJQE

काठमाडौं। बुनियाद गीत लेखनमा दशकौ देखि सक्रिय बेलायतवासी नेपाली गीतकार सनमकुमार बैराग एक अर्को गीत सार्वजनिक भएको छ।

कोरोनाको वर्तमान कहरमा समसामयिक देखिएको गीतकार बैरागको लिरिकल गीतको भिडियो सार्वजनिक भएको हो।

जिन्दगी नै अध्येरो भयो के नै गर्नु तारा जुनले बोलको गीतकार बैरागको बुलन्द बुनियाद गीतमा गायिका एलिना चौहानको सुमधुर गायन रहेको छ।

गंगाराज राईले संगीत दिएका छन्। यसअघि यस्तै लिरिकल गीत संगीतकार गंगाराज राईको गायनमा लिरिकल भिडियो सार्वजनिक भैसकेको छ।

“जिन्दगी नै अध्येरो भयो के नै गर्नु तारा जुनल
सलबलिन्छ यादहरु भेट्छन् आँखा मायाले
बरालिन्छन साँझहरु झस्कि तिम्रो छायाँले
छैन चैन रातदिन
के नै गर्नु हिरासुनले……..

सनम कुमार बैरागको गीत
गंगाराज राईको संगीत
एलिना चौहानको स्वर”

https://www.youtube.com/watch?v=Da7ue0skJQE

प्रकाशन मिति–२०७८ साल बैशाख २९ गते बुधवार ।