काठमाडौं। भनिन्छ–बुवा विश्वास हो अनि आमा यथार्थ। यो यथार्थभित्र अर्को यथार्थ बुवा कर्तव्यको प्रतिक हो। सन्तानको अगाडि बुवा हरदम हारेको हुन्छ।

सन्तानको खुशीको लागि आफ्नो दुःखलाई पनि लुकाउन सक्ने त्यो महान बुवाको कथा बुवाको मुख हेर्ने दिन गीतको भिडियो मार्फत मार्मिक ढंगवाट रिलिज भएको छ। प्रसिद्ध गीतकार अस्मिता सुमार्गीको गीत बाबा तिमी छौं र त बोलको गीत सार्वजनिक भएको हो।

विश्व नेपालीको स्वर तथा संगीत रहेको यस गीतको भिडियोमा नेपाली चलचित्रका कुनैबेला अत्यन्त लोकप्रिय अभिनेता शिव श्रेष्ठले बुवा तथा नायिका हर्षिका श्रेष्ठले छोरीको भूमिकामा जीवन्त अभिनय गरेका छन्।

चार दशक लामो अभिनय यात्राको पछिल्लो उत्कृष्ट गीतको भिडियोमा अभिनय गरेको खुलासा अभिनेता शिव श्रेष्ठले गरेका छन्। यस भिडियो निर्देशन युवराज वाइवाले गरेका हुन्। यस भिडियोका संवन्धमा गीताकार अस्मिता सुमार्गीले यस गीत आफ्नो बाबालाई समर्पित गरेर गीत लेखेको भनेकी छन्।


प्रकाशन मिति–२०७५ साल भदौ २५ गते सोमवार।