sunny-leon-1

काठमाडौ। पूर्व पोर्नस्टार तथा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीलाई एक रातको लागि भारु चार करोडको अफर आएको छ। नयाँ बर्ष २०१७ को लागि आयोजना हुन गैरहेको एक कार्यक्रममा सन्नीले नै अभिनय गरेको फिल्म रइसको हिट गीत लैला ओ लैला बोलको गीतमा हट डान्स गर्नको लागि उक्त रकमको अफर आएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन्।

sunny-leon-with-shaharukha-khanबलिउडका सुपरस्टार शाहरुख खानसँग सन्नीले अभिनय गरेको पछिल्लो हिट फिल्म रइसमा लैला ओ लैला बोलको गीतमा गरेको अभिनयवाट सन्नी अझ चर्चाको शिखरमा रहेकी छन्। यसले गर्दा यतिखेर सन्नीको सवैतिर निक्कै डिमाण्ड बढ्न थालेको छ।

उक्त गीतमा आइटम डान्सको लागि त्यति धेरै रकमको अफर पाउने बलिउड अभिनेत्रीमा सन्नी लियोन नै संभवत पहिलो अभिनेत्री बन्न पुगेकी छन्। सन्नीले उक्त अफरलाई स्वीकार गर्ने हो या नगर्ने भन्ने कुराको हालसम्म निर्णय भएको छैन्।
प्रकाशन मिति–२०७३ साल पुष ३ गते आइतवार ।