मुम्बई। सामान्यतया मानिसहरु यौनका बारेमा खुलेर कुरा गर्न चाँहदैनन् । नेपाली समाजमा यो विषय गौण हुनुपर्दछ भन्ने मान्यता रहेको छ। तर, पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणाको खुलासा गरेकी छन्।

हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले शारीरिक सम्बन्धका बारेमा सन्नीलाई सोधिएको प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागी तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन्।


उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ। जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ भन्ने धारणा राखेकी थिइन् ।


प्रकाशन मिति–२०७६ साल जेठ २७ गते सोमवार ।