colombian-president-juan-manuel-santosकाठमाडौ। अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार,विश्वभरका तीन सय ७६ जनालाई पछिपार्दै सन् २०१६ को नोबल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति ह्वान म्यानुअल सान्टोसले जितेका छन्।

नोबेल शान्ति पुरस्कारको पाँच सदस्सीय छनोट समितिले शुक्रबार सन्तोषलाई विजेता घोषणा गरेको हो। शुक्रबारको नोबेल कमिटी बैठकले सान्टोसलाई गृहयुद्ध अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै नोबेल शान्ति पुरस्कार दिने दिर्णय गरेको हो।

राष्ट्रपति सान्टोसले विगत ५० वर्ष देखि देशमा चलिरहेको गृहयुद्ध अन्त्य गर्न सफल भएका थिए। गृहयुद्ध अन्त्य भए लगत्तै उनले नोबेल शान्ति पुरस्कार जितेका हुन्।
प्रकाशन मिति–२०७३ साल असोज २१ गते शुक्रबार ।