लण्डन। बेलायतको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्ट लिमिटेडको आयोजनामा बेलायतमा भव्य रुपमा नेपाली चलचित्र क्याप्टेन प्रदर्शन गर्ने भएको छ।

नेपाली चलचित्रका सुपरस्टार भुवन केसीको निर्माण तथा उनकै सुपरस्टार हिरो अनमोल केसी अभिनित विलकुलै नयाँ चलचित्र क्याप्टेनको प्रदर्शन गर्न लागेको हो।

यही आउने ६ अप्रिल शनिवारका दिन बेलायतको अल्डरसट स्थित प्रिन्सेस हलमा चलचित्र क्याप्टेनको भव्य रुपमा प्रदर्शन हुने जानकारी सपन इन्टरटेन्टमेन्ट लिमिटेडका कार्यकारी प्रमुख सपन कुमार राईले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

Mr.Sapan Kumar Rai-Chairman of Sapan Entertainment.

यस चलचित्र क्याप्टेनको बेलायत प्रदर्शनका लागि नेपालवाट सुपरस्टार भुवन केसी र चलचित्र क्याप्टेनका क्याप्टेन अनमोल केसी पनि बेलायत आउने भएको छ। यस हिसावले पनि क्याप्टेनको बेलायत प्रदर्शन अझ रोचक र रोमान्चक बन्ने दावी आयोजक सपन कुमार राईको रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ९ गते शनिवार ।