Guna Laxmi Awal 1काठमाडौ। नेपालमा विशेषत बढ्दो रुपमा ल्याङ्गवेज, कम्प्युटर तथा व्युटीपार्लर तालिम फस्टाइरहेको छ। यी तीन तालिम प्रायले लिने र अत्यन्त आवश्यक भएको कारण यो तालिम व्यवसाय फस्टाएको ठहर यी तीनै व्यवसायका व्यवसायी गुणलक्ष्मी अवालको रहेको छ।

विगत डेढ दशकदेखि यी तीन व्यवसायमा संलग्न हुंदै आएका अवालले हजारौलाई सीपवान तथा दक्ष बनाएर रोजगार बनाइदिइसकेकी छन्। व्यवसायी अवालको ललितपुरको मंगलबजार स्थित टंगल–१२ मा न्यू माग्नोलिया ल्याङ्गवेज एण्ड कम्प्युटर इन्ष्टिच्यूट तथा न्यू फेमिना व्युटीपार्लर ट्रेनिङ्ग सेन्टर संचालित रहेको छ। यस सेन्टरमा स्वदेशमा तथा विदेशमा रोजगारीका लागि बेसिक लेवलवाट तालिम लिनेहरुको संख्या निक्कै रहेको छ।

Guna Laxmi Awal 3उनीहरुले अंग्रेजी लगायतका विभिन्न भाषाका ल्याङ्गवेज तथा कम्प्युटर कोर्श गर्नुको अलावा महिला दिदीबहिनीहरुले व्युटीपार्लर तालिम लिएर धेरैजसो विदेशमा रोजगारीको लागि पुगेका छन्। कतिपय यहाँ सिकेका सीपलाई स्वदेशमा नै उपयोग गरेर रोजगार गरेर बसेको जिकिर यी तीनै व्यवसायका मेनेजिङ्ग डाइरेक्टर समेत रहेका अवालको रहेको छ।

व्यवस्थापन विषयमा डिग्री तथा शिक्षाशास्त्रमा स्नातक समेत रहेका अवाल ल्याङ्गवेज, कम्प्युटर तथा व्युटीपार्लर विज्ञ पनि हुन्। यी सवैकुरामा पोख्त बनेरै यस क्षेत्रमा हात हालेको बताउने उनी ललितपुर जिल्लाकै सफल उद्यमीको रुपमा लिइने गरेको छ।

Guna Laxmi Awal 2प्रकाशन मिति–२०७४ साल असार ७ गते बुधवार ।