काठमाडौं। रंगमञ्चको सफल नाटक ‘बोक्सीको घर’माथि नेपाली चलचित्र बन्ने भएको छ। नाटककार सुलक्षण भारतीको लेखन तथा निर्देशन रहनेगरी नेपाली चलचित्र बन्ने भएको हो। चलचित्र बोक्सीको घरमा सुव्रतराज आचार्यको संयुक्त निर्देशन हुने भएको छ।

विसं.२०७३ मा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ समीक्षात्मक हिसाबमा सफल ठहरिएको थियो। नाटकमा रङ्गकर्मी सरीता गिरीको एकल अभिनय रहेको थियो। सोही नाटकलाई केकी अधिकारी फिल्मसले चलचित्रको रुप प्रदान गरेर निर्माण गर्ने भएको हो।

यस चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मूख्य भूमिका रहने भनिएको छ। यस चलचित्रको निर्माण अभिनेत्री केकी अधिकारीको पिता बरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन्।

कार्यकारी निर्माता विशाल भण्डारी रहेका छन्। ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा ‘बोक्सीको घर’ निर्माण गर्न लागेको पनि जनाएको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर १० गते बुधवार ।