–कल्पना तिवारी
विवाहका शुरुवातीका दिनहरु सम्झनुहोस् त, विवाहका सुरुवाती दिनहरुमा तपाईंको यौन-जीवन कति रोमाञ्चक थियो ? तपाईंहरुको यौन जीवन सक्रिय र नियमित थियो । त्यस बखत तपाईंहरुले यौनको भरपुर आनन्द लिनुभएको होला। त्यो आनन्द लिनमा रत्तिभर पनि कमी गर्नु भएको थिएन होला। त्यो समयलाई सम्झदा आज पनि तपाईहरु तरंगित हुनु हुन्छ होला। निश्चित रुपमा हुनुभएको होला।

तर, जति–जति दाम्पत्य जीवन लम्बिदै गयो, उत्तिनै तपाईंहरुको यौन सम्बन्ध फिका हुँदै गयो । यौनबाट भरपुर आनन्द लिन पाउनुभएन । दुबै यसबाट बिमुख हुनुभयो । यसरी फिका हुँदै गएको यौन(सम्बन्धले तपाईंहरुमा केही गुनासो, केही भ्रम, केही असन्तुष्टि पैदा गरिदियो । यिनै विकारले तपाईंहरुमा मनमुटाव हुने, भनाभन हुने पनि हुन्छ। यस्तो हुनुको कारणमा हिजोका दिनमा जस्तो आजका दिनमा यौनजीवन सधै एकनास नभएर हो।

सुरुवाती दिनमा तपाईंहरु यौनमा बढी उत्सुक हुनुहन्थ्यो। त्यसबेला अनुकुलता पनि थियो। विस्तारै तपाईंहरु पारिवारिक जीवनमा भिज्दै जानुभयो। पारिवारिक दायित्व बढ्दै गयो । घर व्यवहार, करियर आदि कुरामा तपाईंहरुको ध्यान मोडियो। बालबच्चा भए। अब बालबच्चाप्रति पनि तपाईंहरु केन्द्रित हुन थाल्नुभयो। उनीहरुलाई हुर्काउने, पढाउने कुरामा बढी समय व्यतित हुन थाल्यो। छोराछोरी हुर्कदै गएपछि तपाईंहरुले उन्मुक्त ढंगले यौन सम्बन्ध राख्न पनि पाउनुहुन्न । यसरी अनेक किसिमका व्यवधानले तपाईंहरुको यौन सम्बन्ध पातलिदै जाने गर्दछ। र फिका हुँदै गएको हो।

उमेरले यौनमा असर
दाम्पत्य जीवनमा यौनले खास भूमिका खेल्छ । कहिले काहीँ त दम्पतीको सम्बन्ध जोड्ने र तोड्ने माध्यम पनि बन्छ। त्यसैले सक्रिय र नियमित यौन सम्बन्धले दाम्पत्य सुख प्राप्त हुन्छ भनिन्छ। यौनको इच्छामा सधै एकनास रहँदैन । कहिले घट्छ, कहिले बढ्छ। उमेरको हिसाबले श्रीमान् र श्रीमतीको सेक्सको गणित अलग(अलग हुन्छ। यही अन्तरको कारण बेलाबखत उनीहरुमा दुरी बढ्न सक्छ। त्यसैले श्रीमान र श्रीमतीको सेक्स सम्बन्धमा तालमेल मिलाउनका लागि यस गणितलाई सम्झनु जरुरी हुन्छ।

यही कारण श्रीमान–श्रीमतीमा सेक्सको इच्छा कम वा बढी हुन्छ। श्रीमतीले यसलाई बुझ्दैनन् र सोच्छन् कि कतै आफ्नो श्रीमानको अरुतिर नै चक्कर त चलिरहेको छैन ? श्रीमानमा पनि यसक किसिमको भावना आउन सक्छ। यसरी उनीहरुको सम्बन्धमा विस्तारै विष घोलिन्छ। तर, यो समयको दोष हो भन्ने ज्ञान हुने हो भने यस्ता शंका–उपशंकाले ठाउँ पाउँदैन।’

विवाह अघिको संवन्ध
विवाहको औसत उमेर युवतीका लागि २५ देखि ३५ को बीच भएको छ। यता खानपान र बद्लिदो परिवेशमा युवायुवतीलाई १५ बर्षको उमेरमा यौनबारे चासो एवं उत्सुकता जाग्न थालेको छ। १५ देखि ३० बर्षको उमेरमा युवतीको नियमित पीरियड्स हुन थाल्छ, जसले उनमा हर्मोनल परिवर्तन हुनथाल्छ । यस्तोमा उनीहरुमा यौनको इच्छा बढ्न थाल्छ । उनीहरु यस्तो इच्छालाई पूर्ण रुपले दबाउने प्रयास गर्छन् । उनीहरुमाथि सामाजिक र घरेलु दबाव त हुन्छ, करियर र विवाहका लागि सही युवाको खोजी पनि मनमा हावी भइरहेको हुन्छ । यस्तोमा यौनको इच्छा कतै दबाइन्छ।यही उमेरका युवामा यौनको कौतुहलता बढेको हुन्छ । उनीहरु यतिबेला निकै उर्जावान पनि हुन्छन् । स्वास्थ्य राम्रो हुन्छ । उनीहरु हरेक किसिमले फिट हुन्छन् । यस्तोमा विवाह, रिलेशनसिपको सोंचले उनीहरुमा नयाँ उर्जा भरिन्छ । उनीहरु यौनका लागि तयार हुन्छन, जबकी युवतीहरुले भने यस उमेरमा आफ्नो यौन इच्छालाई दबाएर राख्छन् ।

३० बर्षपछि
३० बर्षको हाराहारीमा महिलाले विवाह गरिसकेका हुन्छन् । यस अवस्थामा उनीहरु यौनबारे त्यति धेरै अन्यौल वा उत्सुक पनि हुँदैनन् । किनभने विवाहित भइसकेका हुनाले महिलाले यौन सम्बन्ध दबाइरहनु पर्दैन्। यस्तो बेला उनीहरु अर्गाज्म हासिल गर्नका लागि पूर्ण रुपले तयार हुन्छन् ।

अक्सर विवाहित महिलालाई करियर वा घर परिवारको चिन्ता उति धेरै हुँदैन । यस्तो अवस्थामा उनीहरुको यौन चाहना अरु बढ्छ । यौन भाव बुझ्न सहज पनि हुन्छ । उनीहरु बेपर्वाह यौन सम्बन्धलाई स्वागत गर्न तयार हुन्छन् ।

यता पुरुषको अवस्था फरक हुन्छ । उनीहरुमा घरपरिवारको दायित्व थपिन्छ । करियरको चिन्ता, पारिवारिक चिन्ता हावी हुन थाल्छ । यस्तोमा उनीहरुमा यौनको इच्छा कम हुँदै जान्छ । यस किसिमको बेमेलले दम्पतीको यौन जीवनमा खास तालमेल हुँदैन । यसले उनीहरुमा कति भ्रम पैदा गरिदिन्छ ।

४० बर्षपछि
४० बर्षको उमेरपछि फेरी महिला पुरुषमा शारीरिक परिवर्तन हुन्छ । यसबेला महिलाको हर्मोन लेभल कम हुन थाल्छ । उनीहरुमा फेरी यौन इच्छा बढ्न थाल्छ । छोराछोरी हुर्किसकेका हुनाले र छोराछोरी हुर्काउने दायित्वबाट मुक्त भइसकेको हुने हुँदा, यौनको इच्छा तिब्र हुनथाल्छ । यस किसिमको इच्छा त्यही महिलालाई हुन्छ, जो पूर्णत स्वस्थ्य छन् । कुनैपनि रोगको संक्रमणमा छैनन् ।

४० बर्षपछिको उमेरमा पुरुषमा पनि केही परिवर्तन हुन्छ । उनीहरुको करियर सेटल भइसकेको हुन्छ । यतिबेला उनीहरुले धेरै कुरालाई आफ्नो नियन्त्रणमा लिइसकेका हुन्छन् । जो पुरुष स्वस्थ्य छन्, रोगग्रस्त छै्रनन्, उनीहरु पहिले भन्दा बढी उर्जा्शिल महसुष गर्न थाल्छन् । यतिबेला उनीहरुलाई यौनमा अरु बढी इच्छा हुन थाल्छ ।

५० बर्षपछि
५० बर्षपछि महिलामा पिरियड्सको बोझ सकिन्छ । उनीहरु खुला रुपमा यौन भोग गर्न सक्ने अवस्थामा हुन्छन् । यद्यपी यो उमेरपछि शरीरलाई भने कतिपय रोगले समात्न थाल्छ । अनेक रोगले गर्दा उनीहरु अस्वस्थ्य महशुष गर्न थाल्छन् ।

यो उमेरमा पुरुष पनि रोगी हुँदै जान्छन् । उनीहरुलाई उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर जस्ता रोगले समात्छ । यसले गर्दा उनीहरुको यौन इच्छा कम हुँदै जान्छ । शरीरको यही सेक्स गणितले दम्पतीबीच सेक्स सम्बन्धमा दुरी बनाउने मूख्य कारण बन्छ ।

उमेर र शारीरिक अवस्था अनुसार यौन इच्छामा आउने परिवर्तनलाई दम्पतीले बुझ्नुपर्छ । यौनमा दम्पतीको सधै समान इच्छा हुँदैन । केही न केही उतारचढाव आइरहन्छ । यस्तो अवस्थामा दुबैले यौनबाट जतिसक्दो सन्तुष्टि लिने र दिने प्रयत्न गर्नुपर्छ । किनभने दाम्पत्य जीवनमा यौन एकदम महत्वपूर्ण हुन्छ ।

यसले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।
उमेर जस्तोभएतापनि स्वस्थ मन र शारीरिक अवस्थाका महिला–पुरुषको यौन जीवनमा कहिलेपनि खलल हुंदैन। हरपल हरसमय नयाँपन दिन र नयाँ सोचका साथमा अगाडि बढ्नु आवश्यक छ। कहिले पनि नकारात्मक सोच राख्नु हुन्न। मरेर लानु केही छैन भन्ने सोच मात्र मनमा लिएमा निश्चित रुपमा दाम्पत्य जीवन सदा ताजा रहने छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल चैत्र २ गते शनिवार ।