Jeegishaa Drama by Sanam Kumar Bairag
Jeegishaa Drama by Sanam Kumar Bairag

काठमाडौ। नेपाल वाहिर प्रवास बेलायतमा समय दृश्य नाटकको अपार सफलता पश्चात  फेरि समय दृश्य टीमले दोश्रो नाटक जीगिषा मञ्चन गर्ने भएका छन्।

आउने मार्च महिनाको पहिलो हप्तादेखि बेलायतका विभिन्न शहरहरुमा प्रदर्शन गर्नका लागि हाल नाटक जीगिषाको कार्य प्रारम्भ भएको छ। बेलायतमा रहेका नेपाली रंगमञ्चका अग्रणी कलाकार सनम कुमार बैरागको निर्देशनमा मञ्चन हुन गैरहेको नाटक जीगिषाको अर्थ जित्ने इच्छा रहेको छ।

जित्ने इच्छा बोकेको नाटक जीगिषामा सुस्मिता थापा, प्रसुना कंडेल, सुरेश श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहने भएको छ। तेन्जी लामा पाख्रिन, दिल घले र भिजन संसारको निर्माण रहने बताइएको यस नाटकको पब्लिक रिलेशन अफिसरको जिम्मेवारी दुर्गा गुरुङ्गले लिएका छन्।
प्रकाशन मिति–२०७३ साल पुष ४ गते सोमवार ।