Samay Drishya 1लण्डन। भत्किएको आस्था तथा चोइटिएको मनको यथार्थता बनेको मातृभूमि नेपालको बास्तविकता बोकेको दर्दनाक नाटक समय दृश्य प्रवास बेलायतमा दोश्रो पल्ट जुलाई ३० का दिन भव्य रुपमा मञ्चन भयो। लण्डनको हनस्लो आर्ट सेन्टरमा मञ्चित नाटक समय दृश्य हेर्ने प्राय दर्शकहरु गत बर्षको बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको प्रत्यक्ष अनुभवमा परे। नाटक समय दृश्यको एक दृश्यमा विवाहको स्वयम्बर चल्दैथियो।

Samay Drishya 3बेहुलाले बेहुलीलाई र बेहुलीले बेहुलालाई फूलमाला पहिराउने वितिक्कै जमिन बेस्सरी हल्लिन थाल्यो। सवै अतालिन थाल्यो। हेर्दा–हेर्दै शहर ध्वंस्त बन्यो। ऐतिहासिक धरहरा ढल्यो। कति मानि उभिएको जमिन फाट्यो। कति मानिसहरु सोही फाटेको जमिनमा भाँसिए। भागदौडमा कतिलाई बचाउने प्रयास भयो। कतिको ज्यान गयो। धेरैको अंगभंग भयो। आर्मी–पुलिसहरुको व्यस्तता अनि अस्पताल तथा स्वास्थ्यचौकीहरुमा घाइतेहरुको भीड !

Samay Drishya 4एकछिन पछि बेहुलाको बहिनी भाउजु दाजु खाइ भन्दै रुंदै आएको दर्दनाक दृश्यले सवैको मन कटक्क खाएको थियो। केही बेरमा आर्मीहरुले बेहुलाको लास वोकेर आइरहेको दृश्यको घटनाक्रमले हेर्ने दर्शकहरु अवाक बन्न बाँध्य बने। उनीहरुमा गंभीर पीडा छल्किएको पर्याप्त आधार त्यहाँ देखिएको थियो। सवैको मनमा विनाशकारी भूकम्पको त्रास तथा आफ्नाहरु गुमाउंदाको अनन्त पीडा अनि दुःख छल्किएको पाइएको थियो। अभिनेता ध्रुव दत्त दर्शक भएर हेर्दा उनलाई त्यस्तै अनुभव भयो।

Samay Drishya 4

सोही नाटकमा अभिनय गर्ने अभिनेत्री जानुका काम्वाङ्ग लिङ्गदेन स्वयमलाई यथार्थवादी नाटक समय दृश्यले भित्रै दिलैदेखि छोएको थियो। अभिनेत्री जानुकाका अनुसार नाटक हेर्ने दर्शक सवैको आँखावाट आँशु तप्किरहेको थियो। नाटक हेर्ने दर्शक आफूहरु नेपालमा नै रहेको र नेपालमा गएको विनाशकारी भूकम्पमा आफूहरु महशुश गरिरहेको बेलामा नाटकको सूत्रधारले तपाईहरु यतिखेर नेपालमा होइन, बेलायतमा नै हुनुहुन्छ भन्दा बल्ल उनीहरु यथार्थतामा आएको अनुभव गरेको अभिनेत्री लिङ्गदेनको जिकिर रहेको छ।

Samay Drishya 8

नाटक समय दृश्यका निर्माता तेन्जी पाख्रिन तथा निर्देशक सनमकुमार बैरागलाई यति धेरै राम्रो नाटक मञ्चन गरेकोमा धन्यवाद दिनेहरुको निक्कै भीड लागेको थियो। गत अप्रिलको २३ तारिखका दिन लण्डनको रिडिङ्ग यही नाटक पहिलो पल्ट मञ्चित हुंदा पनि सवैलाई यस्तै अनुभव भएको र यसको व्यापक माउथ पब्लिसिटी भएपछि सवैको अनुरोधमा जुलाई ३० तारिखका दिन दोश्रो पल्ट मञ्चित गरिएको जानकारी समय दृश्यका निर्देशक बरिष्ठ रंगकर्मी सनम कुमार बैरागले बताएका छन्। समय दृश्य नाटक फेरि फेरि मञ्चन गर्न विभिन्न स्थानवाट आफूहरुलाई अनुरोध आइरहेको समेत निर्देशक बैरागले जानकारी दिएका छन्।

Samay Drishya 9

प्रकाशन मिति–२०७३ साल साउन १७ गते सोमवार ।