Libay Dhunkaकाठमाडौ। नेपालभाषाको संगीत व चलचित्र क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका कलाकार राजेशमान सिंहको लेखन र निर्देशनमा बनिन् लागेको नेपालभाषाको नयाँ चलचित्र “लिबाय् धुंका” (समय बितिसक्दा) को शुभ–मुहुर्त भएको छ।

शुभ–मुहुर्त कार्यक्रममा प्रमुख अतिथी अग्रज सिने पत्रकार एवम् चलचित्र निर्देशक विजयरत्न तुलाधर असंबरेले मुहुर्त शटको निर्देशन गरेका थिए। उक्त मुहुर्त शटमा नारायणदेबी प्रधान, आशाकाजी थकू, मञ्जु श्रेष्ठ, आराध्य लक्ष्मी खडगी, कुमार कार्कीलगायतका कलाकारहरुले अभिनय गरेका थिए।

चलचित्रका अरु कलाकारहरुमा आर एल महर्जन, भिमसेन रिसाल, देवकुमारी खडगी, सुरज श्रेष्ठ बकंफुस्लु आदिको अभिनय रहने भएको छ। सुमन कपाली र बीरेनकुमार शाक्यको संगीत, सुरज श्रेष्ठको फाइट डाइरेक्शन, आराध्यलक्ष्मी खडगीको डान्स डाइरेक्शन,शंकर महर्जनको सिनेमाटोग्राफी अनि निर्माण नियन्त्रणमा सुरज श्रेष्ठ बकंफुस्लु रहने “लिबाय् धुंका” का निर्माता प्रतिभा राणा हुन् ।
प्रकाशन मिति–२०७४ साल साउन ३१ गते मंगलवार ।