Sabina Karki in social work 2काठमाडौ। समाजसेवी गायिकाको रुपमा निक्कै नै ख्याति कमाएकी गायिका सविना कार्कीले विभिन्न बालगृह तथा बृद्धाश्रममा विभिन्न अवसरमा खाना खुवाउने कार्य गर्दैआएकी छन्। विगत डेढदशकदेखि यसकार्यमा संलग्न गायिका कार्कीले शनिवार काठमाडौको जोरपाटी स्थित बुद्धिस्त बालगृहमा त्यहाँ आश्रित पचास भन्दा बढी बालबालिकाहरुलाई भोजन गराउने कार्य गरेकी छन्।

Sabina Karki in social work 1

मासिक रुपमा उक्त बालगृहको लागि आफूले बचाएको रकमको केही प्रतिशत दिदैआएकी गायिका कार्की संगीतअनुरागी श्रीमान दिनेश कार्कीकासाथ बुद्धिस्त बालगृह पुग्दा त्यहाँ आश्रित बालबालिकाहरुले कार्की दम्पतिलाई भगवानको रुपमा नै सम्मान प्रदान गरिएको थियो। त्यसैगरेर, कार्की दम्पतिले कालिमाटी रविभवन स्थित दिलशोभा आमाको आमाघरमा आश्रित आमाहरुको लागि बेला–बखत सहयोग प्रदान गर्ने कार्य गर्दैआएका छन्। कुपण्डोलमा रहेको मस्ट्रोडिजास्टर सेन्टरका असहाय तथा अपाङ्ग बालबालिकाहरुको सहयोगमा पनि कार्की दम्पत्तिको क्रियाशीलता कायमै रहेको छ।Sabina Karki in social work 3

सिमल,सर्वदा र सार्थक नामक तीन एल्वम निकालिसकेकी गायिका कार्कीले एल्बम विक्रीवाट आएको रोयल्टी तथा श्रीमानको कमाईबाट प्राप्त केही प्रतिशत रकम सामाजिक सेवामा लगाउंदै आएकी छन्। समाजसेवामा विशेषत मन नै हुनुपर्ने बताउने गायिका कार्की धनले मात्र केही नहुने बताउंछिन्। मनले समाजसेवा गर्दा कतिपय स्थानमा गीत मात्र गाइदिदा पनि असहाय बालबालिका देखि बृद्ध–बृद्धाहरुले समेत आशिष दिने गरेको कार्कीले भनेकी छन्। उहाँहरुको माया तथा सदभावनामा नै आफूले सन्तुष्टि पाएको प्रतिक्रिया उनले दिएकी छन्।

Sabina Karki in social work 4

प्रकाशन मिति–२०७२ साल मंसिर २६ गते शनिवार ।