काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना संपन्न भएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ। आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ।


नेकपा एमालेले ९ लाख ५१ हजार मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ९२ हजार मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ लाख ९२ हजार, संघीय समाजवादी फोरमले ६६ हजार, विवेकशील साझा पार्टीले ५५ हजार, राप्रपाले ४९ हजार, राजपा ४३ हजार, नयाँ शक्ति पार्टीले ३१ हजार, राप्रपा प्रजातान्त्रिकले १९ हजार र राष्ट्रिय जनमोर्चा २४ हजार मत पाएका छन्।

अरु दलले ६९ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २६ गते मंगलवार ।