काठमाडौं। भाइरल अघोरी बाबाले तन्त्र–मन्त्र गरेर मिसेस टुरिज्म शिलाष्मा हमाललाई हेभी बाइकमा राखेर भगाएपछि जादूगर महादेव त्रिपाठी वेहोस वनेका छन्। नेपालका प्रथम हर्रर गायक समिर हमालको विलकुलै नयाँ गीत माया–माया बोलको गीतमा अघोरी बाबाले मिसेस हमाललाई भगाएपछि जादूगर त्रिपाठी बेहोस भएका हुन।

खरानी घसेर पशुपतिमा बस्दैआएका भाइरल अघोरी बाबाले गीतको भिडियोमा हेभी बाइक चलाएर मिसेस हमाललाई भगाएको अनौठो तर, रमाइलो गजबको दृश्य रहेको छ। जादू देखाएर सवैलाई चकित वनाउंदै आएका जादूगर त्रिपाठीलाई बेहोस वनाएर मिसेस हमाललाई भगाउने अघोरी बाबाको चमत्कारलाई फिल्मीशैलीमा भिडियोमा देखाउने प्रयास गरेको छ।

म्यासेन्जर ब्याण्डका गायक समिर हमालको यस माया–माया बोलको गीत सुशील सापकोटाले लेखेका हुन। संगीत म्यासेन्जर व्याण्डकै हो। रक पप शैलीको यो गीतको भिडियोमा मनिष महर्जनको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन र आरबिके शरदको निर्देशन रहेको छ।

प्रकाशन मिति–२०७७ साल असोज ३ गते शनिवार ।