काठमाडौं। नेपालमा विलकुलै नयाँ काम भएको छ। त्यो पनि सडकमा पानी खान नपाएर छटपटाएका पशुपन्छीको लागि पानी खाने भाडो वाटर पटको व्यवस्था गर्ने कार्य भएको छ। हाललाई काठमाडौं महानगरपालिका वडा नंबर ३ भित्रका स्थानमा त्यो व्यवस्था भएको छ।

जसको बुद्ध जयन्तीको अवसरमा शनिवार काठमाडौं महानगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष दीपक केसीको विशेष आतिथ्यता तथा पूर्वमिस नेपाल श्रृंखला खतिवडाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको छ। संरक्षण नेपालको तदर्थ समितिका संयोजक गायक समिर हमालको पहलमा यो कार्य भएको हो।

सडकमा विशेषत कुकुर, गाईवस्तुले पानी खान नपाएर छटपटिने पीडालाई आत्मसात गरेर अमेरिकामा रहेका  छेवाङ शेर्पाको सहयोगमा संरक्षण नेपालको तदर्थ समितिले वाटर पटको व्यवस्था गर्ने कार्य भएको जानकारी गायक समिर हमालले भिजन संसार डटकमलाई बताएका छन्।

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि सडकमा यसरी पशुपन्छीको लागि वाटर पटको व्यवस्था हुनु अत्यन्त राम्रो कार्य भएको बताएकी छन्। काठमाडौं महानगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष दीपक केसीले पनि सडकमा मानवियता प्रदर्शन गरेर पशुपन्छीका लागि संरक्षण नेपालको तदर्थ समितिले ३ नंबर वडा कार्यालय नजिक महाराजगञ्जवाटै यो कार्य शुभारम्भ गरिनु गौरबताको कार्य भएको भनेका छन्।

काठमाडौं महानगरपालिकाले पनि यसप्रकारको गजबको कार्यको लागि सक्दो सहयोग गर्ने बचनबद्धता वडा अध्यक्ष केसीले गरेका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ ४ गते शनिवार ।