ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ मा यतिखेर सूर्य ध्वजावाहक नेकपा एमालेका जनप्रिय तथा लोकप्रिय वडा अध्यक्षका उम्मेदवार विकासमान श्रेष्ठ नेतृत्व टीम व्यापक चर्चाको शिखरमा रहेको छ।

वडा अध्यक्षका उम्मेदवार विकासमान नेतृत्वको टीम घरदैलो कार्यक्रम गरिरहदा वडावासीहरुले जितको शुभकामना दिदैं अरु केही नभनिकन केवल विजयी भवः मात्र भनिरहेका छन्। वडावासीहरुले विकासमान नेतृत्वका सूर्य ध्वजावाहक टीमलाई “अव तपाईहरु घर–घरमा आउनु नै पर्दैन, सवैको मन–मनमा बसिसक्नु भएको छ ! तपाईहरुले पाँच बर्षयता गरेको विकास निर्माणका उल्लेखनीय कार्यवाट तपाईहरु वडावासीको मन–मनवाट चुनाव जितिसक्नु भएको छ !” भनिरहदा विकासमान नेतृत्वको टीमले वडावासी समक्ष हर्षको आँशु चुहाएर सही मूल्यांकन गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्ने कार्य भैरहेको छ।

जनमतको कदर गदैं पाँच बर्षमा गर्न नसकेका अधुरा कार्यहरुलाई पूरा गर्ने तथा थप नयाँ कार्य गरेर समृद्ध वडा तथा सुखी वडावासी वनाउने आफूहरुको प्रतिबद्धता नै भएको माता दक्षिणकाली छोएर कसम नै खाएका छन्।

विकासमान नेतृत्वको टीमले गरेको कार्य मूल्यांकन गरेर नेकपा एमालेले उहाँहरुलाई नै दोहोर्याएर टिकट दिएको खुलासा नेकपा एमाले ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा कमिटीका अध्यक्ष एवम् निर्वाचन संयोजक रामकृष्ण महर्जनले गरेका छन्। संयोजक महर्जनले वडावासीको चाहना र विश्वासलाई विकासमान नेतृत्वले पूरा गर्ने कुरामा वडावासीलाई ढुक्क बन्न अनुरोध पनि गरेका छन्।

विकासमान नेतृत्वको टीममा वडा अध्यक्षको उम्मेदवार विकासमान श्रेष्ठ, महिला वडा सदस्य शोभादेवी प्रधान, दलित वडा सदस्य मञ्जु रिजाल तथा खुला वडा सदस्यमा अशोक कुमार श्रेष्ठ र पूनम निरौला छन्। आठ सूर्यमा सात छाप हालेर अत्याधिक बहुमतले विजयी गर्न र गराउन सवैलाई अनुरोध गर्ने कार्य पनि संयोजक महर्जनवाट भएको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख २६ गते सोमवार ।