काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रन्ति शाक्यको विशेष सम्मान भएको छ। संविधान दिवसको अवसर पारेर मन्त्री डा.शाक्यको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नंबर ९ (क) मा पर्ने काठमाडौं महानगरपालिका वडा नंबर १२, २१ र २२ ले संयुक्त आयोजनामा विशेष सम्मान गरेको हो।

आयोजकका तर्फवाट नेपाल सरकारका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत स्थानीय जनसमुदायवाट मन्त्री डा.शाक्यको आइतवार विशेष सम्मान गरका हुन्। सम्मान कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ देखि मेयर विद्यासुन्दर शाक्यले बागमती प्रदेशका मन्त्री डा.शाक्य बौद्धिक विव्दत, भद्र–शालिन र विकास प्रेमी लोकप्रिय नेता भएको टिप्पणी गरेका छन्।

सम्मानित बागमती प्रदेशका मन्त्री डा.शाक्यले आफू आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएको सात दिनमा बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा संचार क्षेत्रमा आधुनिकरण गरेर सहज वनाउने कार्यमा छलाङ नै मारेको खुलासा गरेका छन्। मन्त्रालयमा बसेर दैनिक १२ घण्टा काम गरेर चमत्कारिक काम गरेर देखाउन आफू क्रियाशील भएको पनि मन्त्री डा.शाक्यले बताए।

काठमाडौं महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष उदय चुडामणि बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा वडा नंबर १२ का वडा अध्यक्ष विकास डंगोलले स्वागत भाषण गरेका थिए। कार्यक्रमको संचालन वडा नंबर २२ का वडा अध्यक्ष चीनकाजी महर्जनले गरेका थिए।

प्रकाशन मिति–२०७८ साल असोज ३ गते आइतवार ।