काठमाडौ। कपनको मिलनचोक स्थित जोसेफ हाइस्कुलको आयोजनामा भएको एसएलसी फेयरवेल समारोहमा नेपालकी चर्चित हाँस्य–अभिनेत्री पल्पसा डंगोल चम्सुरी सम्मानित बनेकी छन्।

Palpasha Sammanit 2नेपाली नृत्य तथा हाँस्य–कलाकारिताको क्षेत्रमा अढाई दशकदेखि निरन्तर लाग्दैआएकी अभिनेत्री चम्सुरीको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको जोसेफ हाइस्कुलले जनाएको छ। अभिनेत्री चम्सु्रीलाई समारोहमा प्रमुख अतिथिका रुपमा पुगेका आपूर्ति मन्त्री गणेशमान पुनले सम्मान प्रदान गरेका थिए।

Palpasha Sammanit 1सम्मान प्रदान गर्ने आपूर्ति मन्त्री पुनलाई समेत अभिनेत्री चम्सुरीले नचाएकी थिइन्। मन्त्रीलाई समेत मूडमा ल्याएर नचाउने अभिनेत्री चम्सुरीको समारोहमा विद्यार्थी–अभिभाव–शिक्षक सवैले दिल खोलेर तारिफ गरेका थिए। कलाकारितामा चम्सुरीको चमत्कारले सवै दंगदास नै बनेका थिए।

प्रकाशन मिति–२०७३ साल असार १३ गते सोमवार ।