Bala Mayaju Awarded 1

काठमाडौ। नेपालभाषामा लगभग सयौ भन्दा बढी चलचित्र निर्माण भएतापनि ती चलचित्रको आँकडा चलचित्र विकास बोर्डमा नरहेको बुझिएको छ।

Silu film

बोर्डमा ६ वटा नेपालभाषाका चलचित्रको आँकडा रहेतापनि अरु चलचित्रको आँकडा देखिएको छैन्। ती चलचित्रको दर्ता तथा सेन्सर नगरेको बुझिएको छ। नेपालभाषामा निर्माण भएको प्रथम चलचित्र सिलुको सेलुलाइड प्रविधिमा निर्माण भएर प्रदर्शन हुंदा गैरनेपालभाषीहरुले पनि अत्यन्त मन पराएको थियो। जसवाट सिलुले व्यावसायिक सफलता हासिल गरेको रेकर्ड रहेको छ।

Rajamati film

त्यसपछि निर्माण भएको चलचित्र राजमतिले प्रदर्शनको ऐतिहासिक कीर्तिमान नै कायम गरेको कुरालाई कसैले नकार्न सकिदैन्। सिलु र राजमति पछि चर्चाको दृष्टिकोणले बाला–मयजु देखिएको छ। बाला–मयजुको चर्चा र प्रदर्शनले यस चलचित्रलाई चलचित्र विकास वोर्डले नेशनल अवार्ड नै दिएर ठूलो सम्मान गरेको थियो। त्यसपछि ऐतिहासिक चलचित्र पटाचाराले पनि नेपालभाषी चलचित्रको क्षेत्रमा राम्रो पकड राख्न सफलता पाएको थियो।

patachara film'

जुन चलचित्रलाई पनि चलचित्र विकास वोर्डले नेशनल अवार्ड दिइएको थियो । पछिल्लो समय दुई नेपालभाषाको चलचित्र छहे मदुसा र कृषा गौतमीले बोर्डमा दर्ता र सेन्सर गरेको पाइएको बोर्डले भनेको छ। यी ६ वटा नेपालभाषाका चलचित्र बाहेक अरु चलचित्रले दर्ता तथा सेन्सर नगरेको बोर्डसूत्रले बताएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।