काठमाडौं। बलिउडका सुपरहिट अभिनेता सलमान खान सिक्वेल फिल्म ‘दबंग ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले पछिल्लो समय १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो।

भारतको बक्स–अफिसमा सलमान खानको सय करोड कमाउने सूचीमा यो १५ औं फिल्म बनेको छ। यसअघि उनको ‘दबंग’, ‘किक’, ‘रेडी’, ‘दबंग २’, ‘एक था टाइगर’, ‘बडिगार्ड’ र ‘भारत’ जस्ता फिल्मले सय करोडभन्दा बढी कमाइ गरेका थिए।

नागरिकता संशोधन कानुनको विरोधमा भारतभर आन्दोलन चर्किएका कारण यस फिल्मको व्यापारलाई असर परेको थियो। गत शुक्रबार रिलिज भएको ‘दबंग ३’ लाई प्रभु देवाले निर्देशन गरेका छन्। ‘दबंग ३’ फिल्ममा अभिनेता सलमान खानसहित सोनाक्षी सिन्हा, अरवाज खान र सुदीप किचा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७६ साल पुस ११ गते शुक्रवार ।