काठमाडौं। कोरोनाको महामारीमा लकडाउन गर्न जानेको सरकारले राहत दिन नजानेको अवस्थामा विभिन्न संघ–संस्थाले स्वतःस्फूर्तरुपमा लकडाउनको मारमा परेका विपन्न वर्गलाई सोमवार पनि राहत दिने क्रमले निरन्तरता पाएको छ।

यस कार्यमा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजकत्वमा विभिन्न संघ–संस्थाको साथ र सहयोगमा राहत दिने कार्यमा सोमवार पनि अग्रता देखिएको छ।

घुम्ती टोलीको रुपमा लकडाउनका कारण विपदमा परेका काठमाडौंको नक्साल, गौशाला, धुम्बाराही लगायतका स्थानमा विपन्न बर्गलाई खाद्यान्न राहत सहयोग दिने कार्य भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई वताएका छन्। अध्यक्ष लामाका अनुसार, ठमेलको सातघुम्तीमा दैनिक निःशुल्क भोजन कार्यक्रमका लागि सोमवार नै १० बोरा खाद्यान्न सामाग्री सहयोग गरेको छ।

त्यस्तै, जर्मन एनआरएनको महिला संयोजक करुणा तुलाधर राईले हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामालाई फोन गरेर टिचिङ अस्पतालका विरामी कुरुवालाई राहत सहयोग गर्न अनुरोध गरेपश्चात तत्काल राहत सहयोग दिने कार्य भएको हामी नेपाली ग्लोबलले जनाएको छ।

सोमवारको राहत सहयोगमा रामचन्द्र श्रेष्ठ, अर्जुन खड्का, मोहन वाइवा, शोभाकान्त पाण्डे र कमल श्रेष्ठको सहयोग रहेको जानकारी पनि हामी नेपाली ग्लोबलका अध्यक्ष लामाले दिएका छन्।
प्रकाशन मिति–२०७८ साल जेठ ३ गते सोमवार ।