काठमाडौ। नेपालका सरकारी कर्मचारी अर्थात काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज हुँदै छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनमा दलगत युनियनहरु चुनावि प्रतिश्पर्धामा छन् । सरकारले आज निजामती कर्मचारीका लागि सार्वजनिक विदा दिएको छ।

 

Govt stamp

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी १ सय १७ स्थानमा १ सय २९ मतदान केन्द्र रहनेछ । निर्वाचनमा एक हजार ६ सय ३ कर्मचारी र एक हजार २ सय १५ सुरक्षाकर्मी खटिनेछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३ सय २९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन , नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
प्रकाशन मिति–२०७३ साल जेठ १९ गते बुधवार ।